Thursday, July 14, 2011

Monday, April 5, 2010

गजल

मरिसकेको म फेरि बाँच्नुको के अर्थ?
झरिसकेको म फेरि बाँच्नुको के अर्थ?

मृत मेरो जिउदो लास बच्दै कुनै किनारमा
तरीसकेको म फेरी बाच्नुको के अर्थ?

धोके बाज र विश्वासघाती मायाको जालमा
परिसकेको म फेरि बाँच्नुको के अर्थ?

तिरस्कारे पछि यो दुनियाँले बैकुण्ड तिर
सरिसकेको म फेरि बाँच्नुको के अर्थ ?
-चिराङ भूटान

Sunday, April 4, 2010

प्रेम र सेक्स

प्रेम सेक्स गर्ने दाउ हो । यो भनाइ संसार बदल्नु छ सुरु आफैबाट गर्नुपर्छ भन्दै मनोक्रान्तिको अभियान चलाएका डा। विकासानन्दको हो । यो भनाइप्रति कति समाजमा
कहलिएका व्यक्तिहरुको पनि एक्यवद्धता छ । के साँच्चै प्रेम सेक्स भर्ने दाउ हो
त यो एउटा बहसको विषय बन्न पुग्छ । तर कति मान्छेहरु यो भनाइप्रति विलकुल सहमत छैनन् । हुन त विकासानन्दले एउटा गहन सोच पछाडि यो भनेका होलान् तर यदि प्रेमलाई सेक्स गर्ने दाउको रुपमा मात्र लिइयो भने अवश्य नै त्यो एउटा विकृति भन्दा अरु हुन सक्दैन । आजका युवा पुस्तामा प्रेम शब्द जति सस्तो र चल्तीमा आइरहेको छ ।
त्यति नै विकृतितिर ढल्किरहेको छ । वास्तवमा प्रेम निश्वार्थ र पवित्र हुनुपर्छ । प्रेमको नाममा कसैको शरीर सँग खेलिन्छ भने त्यो बलत्कार हो । प्रेम भनेको मनले मनसँग गर्ने हो शरीरसँग होइन । ओशोलाईसेक्सका गुरु भनेर पुकारिन्छ तर उहाँले जीवनमा कसैसँग पनि सेक्स गरेनन् ।

Thursday, April 1, 2010

लघु कथा

पश्चताप

उनी मेरो समिपमा आएर बोलिन् म तिमी बिना एकैछिन पनि बाँच्न सक्दिनँ । म झर्केर बोले तर म तिमी बिना पनि बाँच्न सक्छु । उनी मेरो अंगालोमा बेरिन आइन् । मैले उसको हात झटारी दिएँ । उसको आँखामा आँसु थियो मेरो ओठमा मुस्कान थियो । उनी घोप्टिएर सुकसुकाउन थालिन् । मैले मौनताले थप्पड मारे । उनी चुपचाप थिइन् । म हिँड्न खोजेँ मेरेा पाखुरा समाउँदै उनी बोलिन्-मलाई छोडेर कहाँ जान्छौं मलाई पनि तिमीसंगै हिड्नु छ प्लीज………। मेरो रिसले सीमा नाघ्यो म राक्षसी स्वरमा कराएँ । मार्था मेरो पछि लाग्न छाडिदेउ हाम्रो प्रमलाई एउटा मीठो सपना सम्झ । मार्थाको विवाहको दिन म धेरै रोएँ । मैले त्यस दिन मात्र थाहा पाएँ मार्थाको मूल्य कति थियो मेरो जिन्दगीमा । त्यो दिन खाना नखाई त्यतिकै सुते ।
भोलिपत्द बिहानै उठें । गाउँ भरी हल्ला चलिरहेको थियो मार्थाले झुण्डिएर आत्माहत्या गरीन्
रे ………॥आज म पश्चतापको आगोमा जलिरहेको छु आखिर किन मैले मार्थाको मायालाई बुझ्न सकिन
झक्कास ग्रुप